काेशी लगायत सातै प्रदेशमा राती चट्याङ सहित वर्षा हुने

इटहरी । हाल (मंगलबार साँझ) देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ।साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

महाशाखाका अनुसार आज राति पनि मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। अनि कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित