विराटनगरकाे बाल सुधारगृहबाट गेट नाघेर दुई बालक फरार

इटहरी । विराटनगरको बाल सुधारगृहबाट दुई जना बालक फरार भएका छन्।कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका दुई बालक फरार भएको मोरङका डीएसपी एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

दुवै बालक १६ वर्ष उमेरका रहेका उनले जानकारी दिए। उनीहरू मंगलबार दिउँसो ३ बजेतिर तार नाघेर भागेका हुन्।अदालतले कोसी गाउँपालिकाका बालकलाई १२ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। बराहक्षेत्र नगरपालिका–११ घर भएका बालकलाई जबर्जस्ती करणी मुद्दामा अदालतले गत असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो। 

प्रतिक्रिया

सम्बन्धित