साफ यू–२० च्याम्पियनसिप : बंगलादेशले श्रीलंकालाई हराएसँगै नेपाल सेमिफाइनलमा

इटहरी । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् । समूह ‘ए’ का दुवै खेलमा हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’ मा रहेको नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने सोमबार भएको समूह ‘बी’ को खेलमा भारतले भुटानलाई १–० गोलले पराजित गरेको थियो ।

समूह ‘ए’ मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलंका सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने बंगलादेशले आफ्नो पहिलो खेल खेल्दै छ । नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ‘ए’ बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह ‘बी’ मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । त्यस्तै नेपालले भने समूह चरणको अर्को खेल विहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित