बिदाइमा भावुक हुँदै बाइडेनले भने-अमेरिका आई लभ यु

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन विदाइका बेला भावुक बनेका छन्। सोमबार आयोजित विदाइ कार्यक्रममा स्टेजमा उक्लिएर सम्बोधन गर्दै उनले सहभागीहरुलाई धन्यवाद व्यक्त गरे र भने, "अमेरिका, आई लभ यु।" सम्बोधन अघि उनले आफ्नी छोरी एशले बाइडेनलाई अंकमाल गरे र सम्बोधनका क्रममा पटकपटक उपराष्ट्रपति कमला ह्यारिसको नाम लिँदै उनको प्रशंसा गरे।

कमला ह्यारिस अहिले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार छन्, जबकि टिम वाल्ट्ज उपराष्ट्रपति पदको उम्मेदवार छन्। बाइडेनले आफ्नो कार्यकालमा मध्यमवर्गका लागि गरेको कामको चर्चा गर्दै, कोभिड-१९ को महामारीको समयमा अमेरिकाको अर्थव्यवस्था मजबुत बनाउन सकेको दाबी गरे।

बाइडेनले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको आक्रमणको स्मरण गर्दै ट्रम्पलाई लोकतन्त्रका लागि खतरा भन्दै, लोकतन्त्रको रक्षा गर्नुपर्ने आवश्यकता दोहोर्याए। बन्दुक हिंसा अन्त्यका लागि हतियारमा प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता पनि उनले औंल्याए। इजरायल-प्यालेस्टाइन युद्धमा दुवैतर्फका सर्वसाधारणको मृत्यु रोक्न नसकिएकोमा उनले गहिरो चुनौती भएको बताए।

प्रतिक्रिया

सम्बन्धित