धरानका सुनिल स्कुटर पुलमा राखेर काेशीमा हाम फालेर बेपत्ता

इटहरी ।सुनसरी र उदयपुर जोड्ने कोसी नदीको पुलबाट २७ वर्षीय सुनिल साह बेपत्ता भएका छन्। धरान उपमहानगरपालिका वडा नं. १७ का बासिन्दा साहले दिउँसो ४ बजेर ३७ मिनेटको समयमा स्कुटर, हेलमेट, मोबाइल, र पर्स पुलमा राखेर नदीमा हाम फालेको सिसी टिभी फुटेजमा देखिएको छ।

साह को ९ प ९८६५ नम्बरको स्कुटरमा चतरातर्फबाट आएर पुलको बीचमा रोकेर हाम फालेको प्रहरीले जनाएको छ। घटनापछि उनका मामा गोबानध्वज नेपाली घटनास्थलमा पुगेका छन् र उनले साहको पहिचान पुष्टि गरेका छन्।

बुवा आमा गुमाएका साह मामा घरमा बस्दै आएका थिए, तर विवाहपछि उनी श्रीमतीसँग छुट्टै डेरामा बस्दै आएका थिए। साह गृल सम्बन्धी काम गर्थे। हाल प्रहरीको टोलीले साहको खोजीकार्य जारी राखेको छ।

प्रतिक्रिया

सम्बन्धित