इटहरीमा भोलि सार्वजनिक बिदा दिने निर्णय

इटहरी /  इटहरी सरकारले गाईजात्राको अवसरमा भदौ ४  गते भोलि पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भदौ ४ गते मनाइने गाईजात्रा पर्वको अवसरमा   इटहरी सरकारले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

 इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले एक सुचना जारी गर्दै नेवार समुदायले मनाउने गाइजात्रा महत्त्वपूर्ण पर्व रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।   इटहरीका नेवार समुदायको सम्मानको लागि स्थानिय बिदा दिने निर्णय गरेका हौ मेयर पौडेलले भने । इटहरी बनाउन नेवार समुदायको पनि महत्वपुर्ण योगदान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित