साफ यू-२० च्याम्पियनसिप: आज भारतले भुटानको सामना गर्दै

काठमाडौं / काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज साविक विजेता भारतले भुटानसँग खेल्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने समुह बी अन्तर्गतको यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुदै छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । 

त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित