पिसजाेन स्कुलमा रक्षा बन्धन , विद्यार्थीले एक अर्कालाई डोरा बाँधेर गरे खुसी साटासाट ( तस्विरहरू)

इटहरी । सुनसरीको इटहरीस्थित पिसजाेन आवसिय माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थिहरूले आइतबार एक अर्कालाई डोरा बाँधेर रक्षा बन्धन मनाएका छन् ।

विद्यार्थीहरूले चाडपर्वको मौलिकता झलकाउदै हिन्दु परम्परा र संस्कृतिको प्रवर्द्धन गर्दै एक अर्कालाई डोरा बाँधेर खुसी साटासाट गरेका हुन । स्कुलमा अध्ययनरत छात्राहरूले छात्रलाई डोरा बाँधेर खुसी साटासाट गर्दै रक्षा बन्धन मनाएका हुन ।

हिन्दु नेपालीहरूको चाडपर्वहरूको प्रवर्द्धन , मौलिक परम्परा ,संस्कृतिहरूका जगेर्ना गर्ने उद्देश्य सहित बिद्यार्थिहरूलाइ एक दिन भए पनि त्यसको महत्वबारे शिक्षा प्रदान गरिएको पिसजाेन माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव भट्टराइले बताए । 

प्रतिक्रिया

सम्बन्धित