उदयपुरमा मिनीबस दुर्घटना : काठमाडौँकी एक महिलाको मृत्यु, १७ जना घाइते

उदयपुर । उदयपुरमा मिनीबस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ।त्रियुगा नगरपालिका ६ चुरे वनस्थित सडकमा गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ६२७९ नम्बरको मिनिबस आइतबार दिउँसो दुर्घटना हुँदा अरु १७ जना घाइते भएका छन्। 

दुर्घटनामा काठमाडौँ महानगरपालिका ५ की ५० वर्षीया गिता कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस सडकबाट करिब ३० मिटर तल खसेको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका गाडीमा सवार १७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।गाडी दुर्घटनापछि चालक फरार भएका छन्। उनको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित