पथरीबाट सालकको खपेटा सहित ५ जना र प्रतिवन्धीत लागुऔषध सहित ८ जना पक्राउ

पथरी । ईलाका प्रहरी कार्यालय पथरी मोरङले अवैध कारोवारमा संलग्न १३ जनालाई पक्राउ गरि कार्वाही अघि बढाएको छ । एक महिना अघि ईलाका प्रहरी कार्यालय पथरीको कार्यभर सम्हालेका प्रहरी नायव उपरीक्षक मोहन विक्रम दाहालले अाफ्नाे क्षेत्रमा सकृिया बढाएका छन । उपरीक्षक दाहालले पथरी शनिश्चरेमा  लागुऔषध दुब्र्यशनी, अवैध चोरीनिकासी र अपराधीक गतिविधी न्युनिकरणका लागि विशेष अभियान नै थालनी गरेका छन । अभियान संगै प्रहरी सकृियता बढाएका उनले सालकको खपेटा सहित ५ जना र ब्राउन सुगर, ट्रमाडोल, डिकोलिक सहित ८ जना पक्राउ  गर्न सफल भएका छन । 

चोरीनिकासी गरि बिक्रीका लागि भारत लैजान लागेको ५ केजी बढि सालकको खपेटा सहित मोरङ रंगेली नगरपालिका वडा नं.१ का ४५ बर्षका गगन गच्छदार, सप्तरी कन्चनपुर नगरपालिका वडा नं. ५ का ३५ बर्षका बासुदेव सरदार, उदयपुर बेलका ३ का ४८ बर्षका कृष्ण राज मगर, वडा नं. ६ का डिक बहादुर पुर्व छाने मगर, सप्तरी कृष्णसवरण वडा नं १ का ५५ बर्षका उमेश प्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

गगन गच्छदार र बासुदेव सरदारलाई भदै १ गते ८५० ग्राम सालकको खपेटा सहित पक्राउ गरेको जनाइएकाे छ । उनिहरुलाई मोरङ कानेपोखरी गाँउपालिका वडा नं.७ बाट सालकको खपेटा ओसारपसारमा गर्दै गरेको अवस्थामा प्रदेश १–०२–०५२ प ११६७ नं. को मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका गच्छदार र सरदार माथि अनुसंधानका गर्दा सोहि दिन उदयपुर बेलकाबाट अन्य ३ जनालाई पक्राउ गरेको थियो । उदयपुरमा ४ केजी ५८४ ग्राम सहित उदयपुर बेलका ३ बस्ने बर्ष ४८ का कृष्ण राज मगर, बेलका ६ का डिक बहादुर पुर्व छाने मगर, सप्तरी कृष्णसवरण वडा नं १ का उमेश प्रसाद चौधरीलाई चोरी पैठारी निकासी गरेको अबस्थामा सालकको खपटा सहित पक्राउ गरीएको डि एस पि मोहन विक्रम दाहालले जानकारी दिए ।

त्यस्तै ईलाका प्रहरी कार्यालय पथरीले एक महिना भित्र ठुलो परिणममा लागुऔषधी, ३ वटा भारतीय मोटरसाईकल, एक टेम्पो सहित ८ जना पक्राउ गरि कार्वाही अघि बढाएको छ । प्रहरीले १११० क्यापसुल ट्रमाडोल र ६,६०० चक्की डिकोलिक सहित पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ का सिमन परियारलाई पक्राउ गरेको जानकारी दिएको छ । परियारले स्थानिय हेमराज चन्द्रबंशीलाई विक्री गर्दै गरेको अवस्थामा को २ ह १६१५ नं. को अटो पक्राउ गरेको हो । लागु औषध झिकाउने हेमराज चन्द्रबंशी भने फरार रहेको र खोजी कार्य जारी प्रहरीले बताएको छ ।

त्यस्तै ४ ग्राम ४८० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) सहीत मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. ८ स्थित २५ बर्षका दिपेश माझीलाई पक्राउ गरी अनुसन्धान भईरहेको बताएको छ । साउन २० गते मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० बाट रंगेली ७ का २४ बर्षका अभय कुमार भास्कर र मोरङ सुनबर्षी नगरपालिका वडा नं. ७ का १९ बर्षका हयत अलीलाई पक्राउ परेका थिए । उनिहरुको साथबाट प्रहरीले ७ ग्राम १७ मिलिग्राम लागुऔषध (ब्राउन सुगर) र द्यच घड म ठडडढ नंम्बरको भारतिय मोटरसाईकल पक्राउ गरेको बताएको छ । सोहि दिन प्रहरीले मोरङ कानेपोखरी गाँउपालिका वडा नं. २ बाट भारतीय नागरिक अररिया बस्ने २१ बर्षको मोहम्द ईसराकलाई पक्राउ गरेको थियो ।

ईसराकको साथमा ४ ग्राम ९५ मिलिग्राम अबैध लागुऔषध (ब्राउन सुगर) र भारतिय नंम्बरको द्यच घड म ब्द्य द्धज्ञघछ को मोटरसाईकल सहित पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । साउन ३१ गते ३ जना भारतिय नागरिकलाई पक्राउ गरि अनुसन्धानको अघि बढाएको छ । भारतबाट १० ग्राम लागुऔषध (ब्राउन सुगर) खरिद गरी नेपालमा बिक्री गर्न ल्याउदै गरेको अवस्थामा बिहार प्रान्त अररिया कुवाडी वडा नं ९ का २४ बर्षका मिथलेस कुमार मण्डल, सोहि स्थानका २६ बर्षका भास्कर कुमार शर्मा र २५ बर्षका सौरव कुमार पासवानलाई पक्राउ गरेको प्रहरीले गरेको बताएको छ ।

उनिहरुबाट १० (दश) ग्राम लागुऔषध (ब्राउन सुगर) र Br 38 L 9309 भारतीय नम्बरको मोटरसाईकल पक्राउ गरि अनुसन्धानको भैरहेको प्रहरीले बताएको छ । एक महिना यता अनुसंधानका क्रममा एक सय दुई जना लागुऔषध प्रयोगकर्ता पक्राउ गरेको ६ जनालाई सुधार केन्द्र पठाइएकाे र अन्यलाई परिवारको निग्रानीमा जिम्मा लगाएको प्रहरी उपरीक्षक (एस पि) नवराज कार्कीले जानकारी दिए । उनले पथरी शनिश्चरे नगर क्षेत्रमा लागुऔषध प्रयोगकर्ता अत्याधीक रहेको र यसलाई निउनिकरण गर्न प्रहरीले अघि बढाएको “दुब्र्यशनी विरुद्ध आमाहरु” कार्यक्रममा प्रत्येक घरबाट आमाहरु नै अघि बढ्नु पने बताए । माेरङको रानी नाकामा कडाइ गरे संगै खुल्ला नाकाबाट लागुऔषध ओसार पोसार र अवैध चोरीनिकासीको बाटो पथरी भएको ईलाका प्रहरी कार्यलय पथरीका इन्चार्ज डि एस पि मोहन विक्रम दाहालले बताए । पथरी शनिश्चरे नगर आसपासका पालिकाहरुमा अपराधीक कृयाकलाप, लागुऔषध र अवैध चोरीनिकासी बढेकोले सबै नागरिक सचेत हुनु पर्ने बताए । यदि आफ्ना क्षेत्रमा शंकास्पद कार्य भए जानकारी दिन दाहालले अनुरोध गरे । 

प्रतिक्रिया

सम्बन्धित