साफ यू–२० च्याम्पियसिप : नेपालको विजयी सुरुवात

इटहरी ।साफ यू–२० च्याम्पियसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु टोली नेपालले १–० को जित दर्ता गरेको हो ।

खेलको २४ औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो ।  जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूह ‘ए’ मा नेपालसहित बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित