नाइजेरियामा अपहरणमा परेका २० मेडिकल स्टुडेन्स अझै भएनन अपहरण मुक्त, फिरौंती बुझाउनु पर्ने सर्त

अफ्रिका /  नाइजेरियाका सुरक्षाकर्मीले अपहरणमा परेका २० मेडिकल बिद्यार्थीलाई सकुशल फिर्ता ल्याउनका लागि पहल गरिरहेका छन् । 

नाइजेरियाली पुलिस र सुरक्षा एजेन्सीहरूले देशको पूर्वी भागमा अपहरणमा परेका २० मेडिकल विद्यार्थीहरूको रिहाइ सुरक्षित गर्न काम गरिरहेको जनाएका हुन् । 

मेडिकल विद्यार्थीहरू वार्षिक सम्मेलनमा भाग लिन जाँदै गर्दा बिहीबार साँझ बेनु राज्यमा अपहरणमा परेका थिए ।क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासंघले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरू एनुगु सहरमा आयोजित सम्मेलनमा जाँदै गर्दा उनीहरूलाई अपहरण गरिएको हो ।

नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसनका महासचिव फर्च्युन ओलेले दुई विश्वविद्यालयका २० मेडिकल विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टरलाई अपहरण गरिएको जानकारी दिएका थिए । उनीहरुको रिहाइको बदलामा फिरौती मागेको जनाइएको छ । 

नाइजेरियन मेडिकल एसोसिएसनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मा पोस्ट गरेको प्रहरी महानिरीक्षकलाई पत्रमा  महासचिव बेन्जामिन एग्बोले अपहरणमा परेका १२ विद्यार्थी जोस विश्वविद्यालयका र आठ जना मैदुगुरी विश्वविद्यालयका रहेको बताए। ।

प्रतिक्रिया

सम्बन्धित