भेनेजुएलामा चर्कियो सरकारविरोधी प्रदर्शन

एजेन्सी । दक्षिण अमेरिकी देश भेनेजुएलामा यतिबेला सरकारविरोधी प्रदर्शन भइरहेको छ। गत महिना भएको राष्ट्रपति चुनावमा निकोलस मादुरोको विवादास्पद विजयपछि त्यहाँ प्रदर्शन सुरु भएको हो। मादुरोको विजयको विरोधमा विपक्षी दलका नेतासहित हजारौँ नागरिक सडकमा उत्रिएका छन्।

भेनेजुएलाको राजधानीमा भइरहेको विरोध प्रदर्शनमा एकजना विपक्षी दलकी नेता मारिया मचाडो पनि सामेल भएकी छन्। उनले जनताको आवाजभन्दा माथि केही नभएको जिकिर गर्दै यहाँ उनीहरूले आफ्नो धारणा राखेको बताइन्।

बीबीसीका अनुसार सरकारविरोधी प्रदर्शनका कारण भेनेजुएलाको राजधानीमा ठूलो संख्यामा सेना र प्रहरी पनि तैनाथ गरिएको छ।युरोपेली संघ, अमेरिका र धेरै ल्याटिन अमेरिकी देशहरूले भेनेजुएलाको राष्ट्रपति चुनावको नतिजा अस्वीकार गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित