सुनकाे मुल्यमा फेरी नयाँ रेकर्ड : ताेलाकै पुग्याे १ लाख ५२ हजार

इटहरी । आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपियाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित