प्रिमियर लिगमा आर्सनलको विजयी शुरुवात

काठमाडौँ । आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । शनिबार राती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले एक एक गोल गरेका थिए । खेलको २५औं मिनेटसमा हावर्ट्जको गोलमा आर्सनलले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ७४औं मिनेटमा साकाले अग्रता दोब्बर बनाएका थिए । यो जितपछि आर्सनलले महत्वपूर्ण ३ अंक बटुलेको छ र नयाँ सिजनको शानदार शुरुवात गरेको छ ।
  
 

प्रतिक्रिया

सम्बन्धित