भाेइस किड्स सिजन ३ काे उपाधी काेच प्रमाेदबाट अनुया तामाङले जितिन

इटहरी ।  ‘भ्वाइस किड्स’ सिजन–३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार अबेर सकिएको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् । 

विजेतालाई हिमालय टीभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेललगायतले पुरस्कार प्रदान गरे ।जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । 

प्रमोदको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे ।

तेस्रो सिजनको मुख्य प्रायोजकमा वात्साल्य न्याचुरल आइभीएफ थियो । फिनालेमा कोच र तिनका प्रतिस्पर्धीले सांगीतिक प्रस्तुति दिएका थिए । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।

भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म खुला थियो । फिनालेमा ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको डिजिटल अडिसन बाँकी ७ दिन मात्र खुला रहने जानकारी दिइएको थियो । यो जानकारी दिन होस्ट सुशील नेपाल आफै मञ्चमा उक्लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित