राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’

काठमाडाैं / महानायक राजेश हमालको मुख्य भुमिका रहने सिनेमाको टाइटल घोषणा गरिएको छ । निर्देशक दिवाकर भट्टराईले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको नाम ‘नरसिंहा अवतार’ राखिएको जानकारी दिएका हुन् ।

सिनेमामा अन्य कलाकारहरु को–को रहने भन्ने केही जानकारी दिइएको छैन् । सिनेमाको सार्वजनिक थिम पोस्टरले युद्धको संकेत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । जसले सिनेमाको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । योसँगै पोस्टरमा नरसिंहाको उग्र अवतार पनि समावेश छ ।

नरसिंहाको अर्थ : भगवान बिष्णुको उग्र अवतार हो । नरसिंह रूप बिष्णुसको दश अवतार मध्ये चौथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उद्दारका लागि विष्णु भगवानले नरसिंहा अवतार धारण गर्नुपरेको थियो ।


यही सिनेमाबाट महानायक हमालले ८ वर्षपछि कमब्याक गर्दैछन् । गत आइतबार हमालले यो सिनेमामा अभिनय गर्नका लागि निर्माणपक्षसँग कागजी सम्झौता गरेका थिए । यो सिनेमा दर्शक र राजेश दुवैका लागि विशेष हुने अपेक्षा निर्माण टिमको छ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जानरा खुलाइए पनि निर्माणपक्षले कथाबारे केही जानकारी गराएको छैन । सिनेमाको लगानी भने तीन करोडभन्दा माथि हुने बताइएको छ । दिवाकर भट्टराई निर्देशित सिनेमा ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित