थामेमा बाढी : हिमताल फुटेर बितन्डा मचाएकाे पुष्टि

इटहरी । हिमताल फुटेर शुक्रबार दिउँसो थामे खोलामा बाढी आएको पुष्टि भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा ताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको हो ।

शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा ताल फुटेर बाढी आएको पाइएको हो । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार गाउँभन्दा माथि रहेका पाँच वटा तालमध्ये दुई वटा ताल फुटेर बाढी आएको देखिएको छ । अरु दुई वटा ताल फुट्ने जोखिममा रहेको पाइएको छ । ४० वर्ष अगाडि पनि यस्तै पोखरी फुटेर भेलबाढी आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित