भारतको जम्मू कश्मीर र हरियाणामा बिधान सभा निर्वाचनको मिति घोषणा

काठमाडौँ । भारतको निर्वाचन आयोगले हरियाणा र जम्मू कश्मीरमा हुने विधानसभा चुनावको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले जम्मू कश्मीरमा सेप्टेम्बर १८, सेप्टेम्बर २५ र अक्टोबर १ मा तीन चरणमा मतदान हुने जनाएको छ। त्यस्तै हरियाणामा अक्टोबर १ मा मतदान हुँदैछ। दुवै राज्यको मतगणना अक्टोबर ४ मा हुनेछ।

मुख्य निर्वाचन आयुक्त राजीव कुमारले यस पटक जम्मू कश्मीरमा ९० विधानसभा सीट हुनेछन् ।  निर्वाचन आयोगले यस वर्ष जम्मू कश्मीर विधानसभामा ३ सिट बढेको जनाएको छ । पछिल्लो पटक जम्मु कश्मीर विधानसभामा ८७ सिट थिए । हरियाणा विधानसभाको कार्यकाल ३ नोभेम्बरमा सकिँदैछ । सर्वोच्च अदालतले सेप्टेम्बर ३० अघि जम्मु कश्मीरमा चुनाव गराउन आदेश दिएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित