सोलुखुम्बुमा हिम पहिरोपछि बाढी : ‘लज, स्कुल, बाटो, साँघु सबै बगाइदियो’
प्रशासन भन्छ– मौसमका कारण हेलिकप्टर पठाउन सकिएन, हिँडेर पुग्नै ५ दिन लाग्छ
इटहरी ।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा गएको हिमपहिरोमा परेर ३ वटा र एउटा छात्रावास बगाएको छ।सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डे (खत्री)ले ३ वटा घर र एउटा छात्रावास बगाएको खबर आएको जानकारी दिइन्।
उनका अनुसार, त्यहाँ प्रहरीको टोली पुग्ने क्रम जारी छ। अहिलेसम्म त्यहाँकै नजिक रहेका १० जना नेपाली सेनाको टोली पुगेर उद्धारको कार्य गरिरहेकाे बताइन । सदरमुकाम सल्लेरीबाट उक्त घटना घटेको ठाउँ पुग्न पैदल हिँडेर कम्तिमा पनि ४/५ दिन लाग्ने सीडीओ पाण्डेले बताइन्।
‘हामी उद्धारका लागि हेलिकप्टर तयार पारेर बसेका छौँ, तर मौसमका कारण हेलिकप्टर पनि पठाउन सकिएको छैन,’ सदरमुकाम सल्लेरीबाट टेलिफोनमा उनले भनिन्।यता प्रत्यक्षदर्शीका अनुसार अहिले समम बाढीले लज चल्ने गरेका सातवटा घरहरु ,स्कुल ,बाटो, साँघु सबै बगाएकाे बताएका छन ।
अहिले गाउँपालिकाका मानिसहरु प्रहरीसहित घटनास्थल पुगेर उद्धारकाे काम भइरहकाे जनाइएकाे छ । घटनास्थलमा बिजुली ,सञ्चारर इन्टरनेट अवरूद्ध भएकाे छ ।
प्रतिक्रिया