सोलुखुम्बुको खुम्बु गाउँपालिकामा हिम पहिरो, दूधकोसीमा अहिले सम्मकै ठूलो बाढी

इटहरी ।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा भीषण हिम पहिरो गएको छ। हिमपहिरोपछि दूधकोसी क्षेत्रमा ठूलो बाढी समेत आएको छ। 

हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म विवरण आइसकेको छैन।  प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेका अनुसार, अहिले विवरण संकलन गर्ने कार्य भइरहेको छ। स्थानीय क्षेत्रमा सुरक्षा प्रदान गर्न आफूहरूको टोली खटिएको पनि उनले बताए। 

दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो। खुम्बु पासाङ ल्यामु, माप्यदूधकोसी गाउँपालिका, सोताङ, थुलुङ दूधकोसी र नेचा सल्यान गाउँपालिका लगायतका नदी किनारका क्षेत्रमा क्षति पुग्नसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित