साेलुखुम्बुमा हिम पाेखरी फुटेकाे आशंका , थामे क्षेत्रमा पस्याे बाढी , थप विवरण आउन बाकी

इटहरी । सोलुखुम्बु जिल्लाको खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेकाे आशंका गरिएको छ। पाेखरी फुटेर आएको बाढीले स्थानीय बस्तीहरूमा ठुलो क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुका अनुसार घटनास्थल सदरमुकाम भन्दा तीन दिनकाे दुरीमा पर्ने भएकाेले जानकारी लिन कठिन भइरहेकाे छ । घटना सुन्नमा आए लगत्तै प्रहरी लगायत सेना समेत पठाइसकिएकाे बुझिएकाे छ । घटनाबारे थप विवरण प्राप्त भएकाे छैन । 

प्रतिक्रिया

सम्बन्धित