बेविलाेन सगरमाथा कलेजले गर्याे पुराना  बिद्यार्थीलाई   बिदाइ,नयाँलाई स्वागत

इटहरी । सुनसरीकाे इटहरीस्थित बेविलाेन सगरमाथा कलेजले कक्षा १२ सकेका बिद्यार्थीहरूलाई बिदाइ संगै कक्षा ११ मा भर्ना भएका नयाँ बिद्यार्थीहरूलाइ भव्य स्वागत गरेको छ । शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गर्दै कलेजले पुराना बिद्यार्थीहरूलाइ बिदाइ सँगै नयाँलाई भव्य स्वागत गरेको हो । 

कार्यक्रममा विभिन्न रमाइलो सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।  यो वर्ष कलेजले कक्षा १२ सकेका ६० जना बिद्यार्थीहरूलाइ बिदाइ गरेको थियो भने कक्षा ११ तर्फ १०० जनालाई स्वागत गरेको थियो । कार्यक्रमलाई थप भव्य बनाउन विद्यार्थीहरूले सांस्कृतिक नृत्य , गीत गजल प्रस्तुत गरी उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन दिलाएका थिए । 

कार्यक्रमका सभापति एवम् कलेज  सञ्चालक समितिका अध्यक्ष पुष्प अधिकारीले विद्यार्थी सङ्ख्यामा थाेरै भए पनि कलेजले किताबको शिक्षा सँगै व्यवहारिक ज्ञान र सिप सहितको शिक्षालाई प्राथमिकता दिँदै आएको बताए । अध्यक्ष अधिकारीले सञ्चालक समितिलाई थप प्रभावकारी र सशक्त बनाइ अघि बढ्ने प्रतिबद्धता जाहेर गरे भने बिदाइ भएर जाने विद्यार्थीहरूलाई उज्ज्वल भविष्य र भर्ना भएर आएका नयाँ विद्यार्थीहरूलाई राम्रो सँग अध्ययन गर्न सुझाव दिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरका शिक्षा महाशाखा प्रमुख दाेर्ण दाहालले स्थापनाको छोटो समयमै बेविलाेन सगरमाथा कलेजले आफ्नो छुट्टै पहिचान बनाइसकेकोले यो अवस्थालाई टिकाइरहन शुभकामना दिए । 

प्रतिक्रिया

सम्बन्धित