स्त्री-२ को बक्स अफिसमा कीर्तिमानी कमाई

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ऐतिहासिक कमाई गरेको छ । रिलिजको पहिलो दिन विहिबार स्त्री-२ ले ५५ करोड ४० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले बुधबार पेड रिभ्युबाट ९.४० करोड कमाई गरेको र विहिबार ५५ करोड ४० लाख गरि कुल ६४ करोड ८० लाख कमाई गरेको आदर्शले जानकारी दिएका हुन् ।

योसंगै स्त्री-२ ले बलिवुडमा पहिलो दिन यसअघि पठानले ५५ करोड कमाएर राखेको किर्तिमान समेत तोडेको छ । पहिलो दिन पठान बाहेक एनिमलले ५४.७५ करोड कमाएको थियो भने केजीएफ-२ ले ५३.९५ करोड कमयेको थियो । त्यस्तै वारले ५१ करोड ६० लाख कमाएको थियो ।यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ । अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित