चलचित्र विकास बोर्डमा एक अध्यक्षका लागि ६ जनाले दिए उम्मेद्वारी

काठमाडौँ । चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ ।आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापा, अभिनेत्री करिस्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत रहेका छन् ।

गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो ।

आवेदन दिने म्याद बिहीबार सकिएको छ । आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ता दिनका लागि सूचना जारी गर्नेछ । त्यसपछि, मन्त्रालयले आवेदन दिएका व्यक्तिहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले ती नामबाट एक जनालाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित