नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति बन्द हुने

काठमाडौं । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज (शुक्रबार) राति प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गरिंदैछ । त्यसक्रममा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आज सूचना जारी गरी उक्त जानकारी गराएको हो ।

नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमा समेत मागेको छ । सेवासम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित