आयल निगमले घटायो इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको विहिबार बसेको संचालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित