युक्रेनी आक्रमणका बीच रुसको अर्को क्षेत्रमा आपतकाल घोषणा

काठमाडौं /  रुसको बेल्गोरोडका गभर्नरले यस क्षेत्रमा आपतकालको घोषणा गरेका छन्। बेल्गोरोड पछिल्लो १० दिनमा आपतकाल लगाइएको रुसको दोस्रो क्षेत्र हो।

अगस्ट ६ मा युक्रेनले रुसी क्षेत्रहरूमा अचानक आक्रमण बढायो र रुसी सीमाभित्र रहेको कुर्स्क क्षेत्रको १००० वर्ग किलोमिटर भित्र पसेको दाबी गर्‍यो।

युक्रेनले कारबाहीलाई निरन्तरता दिँदै गएपछि बेल्गोरोडका गभर्नरले आपतकालीन अवस्था घोषणा गरेका छन्।

यसैबीच युक्रेनी वायुसेनाले रुसले रातभर प्रहार गरेका २३ ड्रोनमध्ये १७ वटा खसालेको बताएको छ । युक्रेनले रुसी सेनाले दुईवटा गाईडेड मिसाइल पनि प्रहार गरेको जनाएको छ ।

युक्रेनी वायुसेनाका अनुसार यी ड्रोनहरू कीभ, खार्किभ, चेरकासी, म्योक्लाभ, सुमी, जापोरिझ्झ्या, झिटोमिर क्षेत्रमा खसालेका छन्।

यी ड्रोनका कारण कतिपय भवनमा क्षति पुगेको छ तर योभन्दा बढी क्षतिको विवरण भने छैन ।

बेल्गोरोडका गभर्नरले युक्रेनबाट हुने दैनिक बम विष्फोटका कारण घरहरु ध्वस्त भई सर्वसाधारणले ज्यान गुमाइरहेको बताएका छन् ।

युक्रेनले रुसबाट ७४ सहर र गाउँ कब्जा गरेको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित