अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएनन्, अब अगस्ट २३ मा सुनुवाइ

काठमाडौं /  सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । अब यस मामिलामा अर्को सुनुवाइ २३ अगस्टमा हुने भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले यस मामिलामा सीबीआईलाई नोटिस पनि जारी गरेको छ।

केजरीवालको तर्फबाट उपस्थित वरिष्ठ वकिल अभिषेक मनु सिंघवीलाई न्यायधिश सूर्यकान्त र उज्वल भुयनको इजलासले भनेको छ, “हामी अन्तरिम जमानत दिइरहेका छैनौं। हामी नोटिस जारी गर्नेछौं।”

केजरीवालको जेल सजायलाई कायम राख्ने दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिने याचिकाको सन्दर्भमा यो सूचना जारी गरिएको हो। सीबीआईले अगस्ट २३ सम्ममा सर्वोच्च अदालतमा जवाफ पेश गर्नुपर्नेछ।

अरविन्द केजरीवाललाई दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालासँग सम्बन्धित मुद्दामा मार्च २१ मा ईडीले पक्राउ गरेको थियो। जेलमा रहँदा उनलाई भ्रष्टाचारको मुद्दामा सीबीआईले पक्राउ पनि गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित