जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

काठमाडौं  / जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ७ लाख ७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका मिति (साउन ३१)ले ३५ दिनभित्र आवश्यक कागजातसहित के-कति कित्ता शेयर खरिद गर्न चाहेको हो सोको संख्यासमेत उल्लेख गरी लघुवित्तको केन्द्रीय कार्याल्य कटारी–२ मोरङमा निवदेन दिनुपर्नेछ । 

साथै, ३५ दिनभित्र खरिद निवेदन प्राप्त नभएको सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित