काेशी प्रहरीमा अनाैठाे नियम : अब जुत्ता नलगाइ कार्यालयमा प्रवेस गर्न नपाइने

सर्वसाधरण भन्छन – चप्पल लगाउनेहरूले न्याय नपाउने हाे ?

इटहरी । सुन्दै अचम्म लाग्दो हो  प्रहरी कार्यालयमा जुत्ता नलगाई प्रवेश गर्न नपाइने भन्दा । अचम्म हुनु पर्दैन कोसी प्रदेश प्रहरी कार्यालयमा यस्तै एक घटना सार्वजनिक भएको छ । त्यो पनि आम सर्वसाधरणमाथी भने भएको होइन ।दिन रात जनतालाई नै सु सूचित गराउने पत्रकार माथि नै यस्तो घटना भएको हो । बुधवार समाचार सङ्कलनका लागि कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर पुगेका एक पत्रकारलाई जुत्ता नलगाकाे भन्दै कार्यालय भित्र प्रवेश गर्न दिइएन । 

कोशी प्रदेश प्रहरी कार्यालयमा पत्रकार जितेन्द्र ठाकुरलाई चप्पल लगाएर आएको भन्दै प्रवेश नदिएपछि केही समय विवाद भएको थियो । जुत्ता नलगाई पुगेका पत्रकार ठाकुरलाई प्रहरीले माथिको आदेश भन्दै कार्यालय प्रवेश गर्न रोक लगाएका थिए । न्यायको पहिलो दरबाजा मानिएको प्रहरी कार्यालयबाट पत्रकार माथि नै यस्तो व्यवहार भएपछि आम सर्वसाधारणकाे हालत के हाेला ? दिनमा शयाै मुद्दा आउने प्रहरी कार्यालयमा अब मुद्दा दर्ता गराउन जाँदा पनि जुत्ता लगाएरै जानुपर्ने , अन्यथा मुद्धै दर्ता नहुने हो कि ? अभियुक्त वा आरोपीहरू  समात्नु पर्याे भने जुत्ता लगाएकै हुनुपर्याे अन्यथा उनीहरू पक्राउ नै नपर्ने पो हो कि ?अझ भित्रका प्रहरी प्रमुखलाई भेट्नै पो नपाइने हो कि ? यस्ता यस्ता प्रश्नले कोसी प्रहरी घेराबन्दीमा परेको छ । 

पत्रकार माथि भएको यो घटनाले कोसी प्रहरीको चौतर्फी आलोचना भइरहेको छ ।  बुधबार दिउँसो १ बजे ठाकुर आफ्नो सहकर्मी उत्तम पोखरेलसँग समाचार संकलनका लागि कार्यालय पुगेका थिए। बंगलादेशमा उत्पन्न  राजनीतिक संकट र हिंसाले नेपालमा पार्न सक्ने प्रभावबारे जानकारी लिन उनीहरू त्यहाँ पुगेका थिए।

मुख्य गेटमा रहेका सुरक्षाकर्मीले ठाकुरलाई चप्पल लगाएको भन्दै भित्र जान रोके। ठाकुरले यसअघि नाम, ठेगाना र फोन नम्बर टिपाएपछि प्रहरीले भित्र लगिदिने गरेको बताए। तर, यस पटक भने चप्पल लगाएकाले भित्र जान नपाइने निर्देशन रहेको बताए। केही समयको वादविवादपछि अर्का प्रहरीले सहयोग गरेपछि मात्र उनलाई प्रवेश दिइयो।

प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङकै निर्देशनमा जुत्ता नलगाउनेले प्रवेश पाउन नसक्ने निर्देशन भएको प्रहरी अधिकारीहरू बताउछन ।   प्रहरीका अनुसार भेस्ट, हाफ पाइन्ट र चप्पल लगाएर आउनेहरूलाई रोक्न भनिएको छ।यता काेशी प्रहरीका प्रवक्ता एसएसपी भीम दाहालले भने याे नियम सबैमा लागु नभएकाे बताए । जाड रक्सी खाएर कार्यालय प्रवेस गर्ने भद्रगाेल अवस्थाका ब्याक्तीहरूलाइ मात्र भनिएकाे तर कुरा नबुज्दा समस्या भएकाे बताए । 

यो समस्या कोशी प्रदेशमा मात्रै सीमित छैन। प्रदेश सभा सचिवालयमा पनि चप्पल लगाएर आउने सर्वसाधारणलाई प्रवेश दिइँदैन। प्रदेश सभा सदस्यहरूले चप्पल लगाएरै बैठकमा भाग लिन्छन्, तर अन्यलाई जुत्ता अनिवार्य गरिएको छ। यसअघि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पनि चप्पल लगाउनेलाई प्रवेशमा रोक लगाइएको थियो, तर विरोधपछि त्यो व्यवस्था हटाइयो।

प्रतिक्रिया

सम्बन्धित