रुसको कुर्स्कमा युक्रेनी सेना घुसेपछि भारतीय दूतावासले जारी गर्‍यो ‘एड्भाइजरी’

एजेन्सी । रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेना घुसेर आक्रमण गर्न थालेपछि रुसस्थित भारतीय दूतावासले ब्रायन्स्क, बेल्गोरोड र कुर्स्कमा रहेका भारतीयलाई सावधानी अपनाउन र अस्थायी रूपमा त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको छ।

भारतीय दूतावासले कुनै पनि भारतीयलाई सहयोग गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ।यसका लागि उसले इमेल ठेगाना जारी गरेको छ- [email protected]साथै हेल्पलाइन टेलिफोन नम्बर +7 9652773414 पनि सम्पर्क गर्न भारतीय दूतावासले रुसमा रहेका आफ्ना नागरिकलाई आग्रह गरेको छ।

दुई दिनअघि रुसले आफ्नो कुर्स्क प्रान्तमा युक्रेनी सेना प्रवेश गरेको स्वीकार गरेको थियो। युक्रेनी सेनाले रुसका धेरै आवासीय क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ।यसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको सेना रुसको कुर्स्क क्षेत्रमा धेरै दिशाबाट अगाडि बढिरहेको दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित