रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि

एजेन्सी । यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गए राति भएको खेलमा इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै मड्रिडले उपाधि जितेको हो ।

रियलका लागि केलियन एमबाप्पेले डेब्यू गोल गरे । डेब्यु खेलमा उपाधि उचाल्दै उनले मड्रिडको यात्रा शुरू गरेका छन् । यस्तै अर्को गोल फेडरिक भेलभेर्डले गरे ।

५८औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो । 

प्रतिक्रिया

सम्बन्धित