इजरायली मन्त्री अल अक्सा मस्जिद पुगेपछि विवाद

काठमाडौं  / इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इत्तेमार बेन गिभिर जेरुसेलमको सबैभन्दा पवित्र स्थल अल-अक्सा मस्जिदमा सयौं यहूदीहरूसँग सामेल भए र प्रार्थना गरे।

अल-अक्सा मस्जिदको एक भागलाई टेम्पल माउन्ट भनेर चिनिन्छ, जुन यहूदीहरूको सबैभन्दा पवित्र स्थल पनि हो।

प्यालेस्टाइन, अमेरिका, फ्रान्स र साउदी अरब र संयुक्त राष्ट्रसंघलगायत धेरै देशले इजरायली मन्त्रीको यो कदमलाई उत्तेजकको संज्ञा दिँदै निन्दा गरेका छन् ।

यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अल अक्सा मस्जिदमा प्रार्थनाको स्थितिमा कुनै परिवर्तन नभएको बताएको छ। त्यहाँ मुस्लिमहरूलाई मात्र प्रार्थना गर्न अनुमति दिइएको छ।

इजरायली सरकारले अल-अक्सा मस्जिदमा अन्य कुनै पनि धर्मलाई प्रार्थना गर्न प्रतिबन्ध लगाएको छ।

जेरुसेलमको अल-अक्सा मस्जिद जेरुसेलमको पूर्वी भागमा अवस्थित छ। यो स्थान मुस्लिमहरुको तेस्रो पवित्र स्थान हो। यो यहूदीहरूको लागि सबैभन्दा पवित्र स्थान मानिन्छ।

यहूदीहरूका लागि ‘टेम्पल माउन्ट’ र मुस्लिमहरूका लागि ‘अल-हरम अल शरीफ’ भनेर चिनिने पवित्र स्थलमा ‘अल-अक्सा मस्जिद’ र ‘डोम अफ द रक’ समावेश छन्।

‘डोम अफ द रक’ लाई यहूदी धर्ममा सबैभन्दा पवित्र स्थलको दर्जा दिइएको छ। मुस्लिमहरूले पनि पैगम्बर मोहम्मदसँगको सम्बन्धको कारण ‘डोम अफ द रक’ लाई पवित्र स्थानको रूपमा मान्छन्।

यस धार्मिक स्थलमा गैरमुस्लिमहरूले प्रार्थना गर्न निषेध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित