जनश्रमदानले चिटिक्क इलामकाे चियाबारी

इलाम । सधै कार्यलयको काममा ब्यस्त रहने रोङ गाउपालिकाका पशु सेवा साखाका प्रमुख मिङमा रिन्जी शेर्पा मगलबार चियाबारीमा झार उखेलिरहेको भेटिए । रोजगार साखा प्रमुख सुरभी गुरुङ पनि चियाको फेद गोडनमा नै ब्यस्त देखिन्थे

उहाहरु जस्तै गाउपालिकाको धेरै कर्मचारीहरु चियाबारीको झार ब्यवस्थापनमा खटिए ।ससस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका प्रहरीहरुपनि चियाबारीमा नै भेटिए । बेला बेलामा कुहिरोले छोपे पनि आकाशबाट पानी नपरेकाले चियाबारीमा रमाइलो सग काम भयो । गाउपालिका अध्यक्ष उपाध्यक्ष सहितका जनप्रतिनिधीहरु पनि उपस्थित भएर हौसला बढाएपछि सहभागीहरुमा जोस जागर थपिएको थियो ।

यो प्रसग हो इलामको रोङ गाउपालिका वडा नम्बर ३ कुटिडाँडामा रहेको शान्ति निकेतन माध्यमिक बिद्यालयको चिया गोडाइको । रोङ गाउपालिकाको आवहानमा बिद्यालयको चियाबारी गोडमेल तथा फूल रोपण कार्यको लागि जनश्रमदान जुटेको हो ।

जनश्रमदान कार्यक्रममा कुटिडाँडा, हासपोखरी र हर्कटेको टोलबिकास सस्था, पाथीभरा मन्दिरको ब्यवस्थापन समिति र ब्यापारीहरु बिभिन्न सामुदायिक बनका प्रतिनिधिहरुको ब्यापक सहभागीता रहेको शान्ति निकेतन माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष पुरन राईले बताए । कार्यक्रममा बिद्यार्थी अभिभावक तथा शिक्षकहरुको समेत सहभागित रहेको थियो ।

रोङ गाउपालिकाले बनमार्फत समृध्दी कार्यक्रम अन्तरगत बिद्यालयको आन्तरिक आम्दानी बढाउन बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैै आएको छ । यसैक्रममा शान्ति निकेतन माध्यमिक बिद्यालयमा गतबर्षबाट चिया रोपण कार्यक्रम सञ्चालन हुर्दै आएको छ । सोही क्षेत्रमा सञ्चालित इको चिया उत्पादक सहकारी सस्थाले उत्पादन गरेको चियाको बिरुवा बिद्यालय क्षेत्रमा रोपण भएको हाे ।

यसबर्ष सम्ममा १७ हजार बिरुवा रोपण भइसकेको गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोले बताए । चियाको बिरुवा रोपेको क्षेत्रमा पलाएको अनावस्यक झारपात उखेल पाखेलको लागि जनश्रमदानबाट काम गर्न गाउपालिकाले आवहान गरेपछि ६७ जनाले जनश्रमदान गरेको बिद्यालयको रेकर्डले देखाएको छ ।

चियाबारीको किनार तथा आसपासको क्षेत्रमा पूmल रोपेर शौन्दर्य सग सगै आम्दानी गर्ने उद्देश्यले फूल रोपणको कार्य समेत भइरहेको छ । गाउपालिकाले सामुदायिक बन तथा खेर गइरहेको जमिनमा आम्दानीको लागि उपभोग गर्न सुरु गरेको छ ।

जुन क्षेत्रमा जुनबाली सुहाउदो हावापानी छ त्यही अनुसारको बोटबिरुवा लगाएर बिद्यालयलाई आम्दानी गराउने गाउपालिकाको लक्ष्य रहेको उपाध्यक्ष बिष्णुमाया खवासले सुनाउनु भयो । बास कफी चिया एवोकार्डो लगायतको बिरुवालाई प्राथमिकतामा राखेर रोपण कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित