कोशी प्रदेशका सात स्थानीय तहमा उपनिर्वाचन , तयारीमा जुट्न आग्रह

इटहरी । स्थानीय तहहरुमा रिक्त रहेका पदहरुमा पदपूर्ति गर्ने तयारी गरिरहेको निर्वाचन आयोगले निर्वाचन हुने स्थानीय तहका नागरिकहरुलाई मतदाता नामवलीमा नाम दर्ता गर्न आव्हान गरेको छ । आयोगले मंगलबार सूचना प्रकाशन गरी  सुनसरी लगायत देशभरका २६ जिल्लाका ३४ पदहरुमा निर्वाचन गर्ने तयारी अघि बढाएको जानकारी दिएको हो ।

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत माघ १० गते ब्रेन ह्यामरेजका कारण उपचारका क्रममा निधन भएको थियो ।

स्थानीय तहमा रिक्त भएका कोशीका सात पदमा उपनिर्वाचन हुने छ । जसमा मोरङमा गाउँपालिका अध्यक्ष पदमा निर्वाचन हुने छ भने बाँकी ६ वटा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ । सुनसरीको गढी गाउँपालिका–६, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ८ मा उपनिर्वाचन हुने निर्वाचन आयोगको सूचनामा उल्लेख छ ।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकिएपछि मतदाता नामवलीमा नाम दर्ता गर्ने प्रक्रिया स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेकोले त्यस अगाडि नै नाम दर्ता गर्न सार्वजनिक सूचना प्रकाशन गर्नुपरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित