इटहरीमा जंगली हात्तीको आतङ्क: दुई घर भत्कायो, स्थानीय त्रसित

इटहरी / सोमबार राति इटहरीमा जंगली हात्तीले दुईवटा घर भत्काएको छ। इटहरी २ शान्तिनगरस्थित अमृतबहादुर मगर र उनका छिमेकीको घर हात्तीले भत्काएको हो।

स्थानीयका अनुसार, सोमबार राति ८ बजेदेखि आएको हात्तीको बथानले मंगलबार बिहान घर भत्काएको थियो। एक पक्की घर र एक कच्ची  घर भत्किएको उनले बताए। हात्तीले कुनै  मानवीय क्षति भने भएको छैन,’ अधिकारीले भने। उनले रातभर जाग्राम बसेर हात्ती धपाउनुपर्ने बाध्यता भएको समेत बताए।

गएराति एक दर्जनभन्दा बढी हात्तीको बथान मानव बस्तीमा पसेको थियो। स्थानीयहरूले हात्ती धपाए पनि बिहानसम्म घर भत्काइएको थियो।  क्षेत्र हरेक वर्ष हात्तीको जोखिममा पर्ने भएकाले प्रशासनसँग सहयोगको अपिल गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित