लागुऔषध विरुद्ध इटहरीका बिद्यार्थीहरूलाई सचेतना कार्यक्रम

इटहरी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा इटहरीमा लायन्स क्लब अफ इटहरी र लियो क्लब अफ इटहरी सुनसरीको आयोजनामा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ। युवा पुस्तालाई दुब्र्यसनबाट जोगाउन र इटहरीका विद्यालय र समुदायलाई लागुऔषध मुक्त बनाउन केन्द्रित   कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सचेतना दिइएकाे थियो।

लायन्स क्लब अफ इटहरीका अध्यक्ष तेज बहादुर पुरीले युवा पुस्ता देशका भविस्य रहेकाे कारण उमेर रहदै खराब कुलतमा फस्न नहुने सुझाव दिदै कार्यक्रमकाे उद्येश्यबारे प्रकास पारेका थिए । 

। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश बनले लागुऔषध प्रयाेग गर्दा घर परिवार तथा गाउ समाजमा पर्ने नकरात्मक असर , स्वास्थ्यमा देखिने समस्या र नेपालकाे बिद्यमान कानुन एवम सजाय बारे जानकारी गराएका थिए । 

जागरण आरोग्य समूह नेपालका जमुना खत्री र मिना भण्डारीले लागुऔषध प्रयोगबाट उत्पन्न समस्याबारे सहजीकरण गरे। कार्यक्रममा पिसजोन आवासीय मावि, पूर्वाञ्चल मावि, राष्ट्रिय मावि र मकालु इग्लिस स्कूलका एक सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित