इटहरी नमुना कलेजकाे वृहत रक्तदान कार्यक्रम, १११ पिन्ट रगत संकलन

इटहरी । इटहरी नमुना कलेजले अन्तराष्टिय युवा दिवसको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटि, बिराटनगर सँगको समन्वयमा कलेज हाता भित्र सन्चालन भएको उक्त कार्यक्रममा १११ पिन्ट रगत संकलन भएको कलेजले जनाएको छ । इटहरी नमुना कलेजले सम्पन्न गरेको यो ३० औ रक्रतदान कार्यक्रम हो । कलेजले शैक्षिक गुणस्तर अभिवृदि कार्यक्रम सँगसँगै सामाजिक सेवाको विविध क्षेत्रमा काम गर्दै आइरहेको छ ।

२०५६ सालमा ४२ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म हजारौं विद्यार्थी उत्पादन गरिसकेको छ । काेशी प्रदेशमै अब्बल यस कलेज प्रदेशकै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ ।

‘हाल अन्य कलेजहरुभन्दा विद्यार्थीको नतिजा, होटल म्यानेजमेण्टको लागि चाहिने भौतिक पूर्वाधार, विषय शिक्षका हिसबले कलेज अब्बल रहेकाे छ ।’ अनुभवी प्राध्यापक, उत्कृष्ट व्यवस्थापन, सम्पूर्ण शैक्षिक पूर्वाधार नै नमुना कलेजको पहिचान हो । कलेजले सञ्चालनको छोटो अवधिमै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको कलेजले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित