सब्जी बाेक्ने ट्रकमा ७ क्विन्टल गाँजा : धनकुटामा फुत्कीयाे भेडेटारमा समातीयाे

इटहरी । इलाका प्रहरी कार्यालय भेडेटारले सोमबार सब्जी बोक्ने ट्रकबाट ७ सय ३६ किलो गाजा  सहित धनकुटा पार्खिबास १० निवासी २६ वर्षीय टंक बहादुर मगरलाई पक्राउ गरेको छ ।

भेडेटार प्रहरीमा नयाँ आएका प्रहरी नायव निरिक्षक  रमेश प्रधानको नेतृत्वमा खटिएको टोलीले धनकुटाको सॅागुरिगढि ६ बाट सो परिमाणको गाजा गाजा बरामद गरेको हो ।

सिधुवाबाट तरकारी बोकेर धरान तर्फ आउदै गरेको ना ८ ख १२६४ नंको ट्रकमा शंका लागि चेकजाच गर्दा सो परिमाणको गाँजा बरामद भएको प्रहरी नायव निरिक्षक रमेश प्रधानले बताए ।

गाँजा ओसार पसारमा संलग्न ट्रक चालक धनकुटा पार्खिबास(१० निवासी २६ वर्षीय टंक बहादुर मगरलाई पनि   अनुसन्धानकालागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ । यस अघि पनि सोहि क्षेत्रबाट  १ सय ३५ केजी गाँजा बरामद भएको थियो।

प्रतिक्रिया

सम्बन्धित