झापामा पेस्तोलसहित एक पक्राउ

झापा / झापामा पेस्तोलसहित एक ब्यक्ति पक्राउ परेका छन् । 

दमक नगरपालिका- ५ बानेश्वर हाईटस्थित सडकबाट मेड इन इटाली लेखिएको पेस्तोल १ थान र म्याग्जिन २ थान सहित सोही नगरपालिका(८ बस्ने ३६ वर्षीय संजिव गजमेरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले को.३८ प ५६४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी चालक गजमेरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित