विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आगलागी

माेरङ । विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आगलागी भएको छ । अस्पतालको आईसीयूमा आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको थियो ।  आईसीयू खाली भएकै समयमा नै आगाे लागेकाेले कुनै मानविय क्षती भएन ।  

आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका पालिकाबाट आएका दमकल परिचालन गरिएको थियाे ।  अस्पतालमा बिजुली सर्ट भएर आगो लागेकाे हुन सक्ने प्रहरीकाे अनुमान रहेकाे छ ।  विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित