पेरिस ओलम्पिक आज रातीबाट अन्त्य हुदैँ, स्र्पोटस १८वाट प्रत्यक्ष प्रसारण हेर्न सकिने

पेरिस /  पेरिस ओलम्पिक २०२४ आजवाट अन्त्य हुन लागेको छ । 

नेपाली समय समय अनुसार सो समापन समारोह आज राति १२ः४५ वाट सुरु हुनेछ । पेरिस ओलम्पिकको समापन समारोह उत्तरी पेरिसको स्टेड डे फ्रान्समा हुने भएको छ।

प्रशंसकहरूले यसको लाइभ स्ट्रिमिङ निःशुल्क हेर्न सक्षम हुनेछन्। टिभीको कुरा गर्ने हो भने स्पोर्ट्स १८ च्यानलमा प्रसारण हुनेछ । यो स्मार्टफोनमा पनि हेर्न सकिन्छ। समापन समारोहको लाइभ स्ट्रिमिङ पनि जिओ सिनेमा एपमा हुनेछ। यहाँ दर्शकहरूले निःशुल्क हेर्न सक्षम हुनेछन्।

समापन समारोह जिमी फलोन र खेल प्रसारक माइक टिरिको द्वारा आयोजित हुनेछ। पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह पनि विशेष थियो। सेन नदीमा आयोजना गरिएको थियो । सबै देशका लागि विशेष प्रकारका डुङ्गाहरू तयार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित