क्रुरताकाे पराकाष्ठा : इटहरीकाे पचरूखीमा ब्लेडले घाटी रेटेर डेढ वर्षीया बालिकाकाे हत्या

इटहरी । इटहरीमा शनिबार दिउँसो एक नाबालिकाको क्रूर हत्या भएको छ। इटहरी ५ पचरुखीमा बस्दै आएका ३० वर्षीय सालिग्राम लुइँटेलले आफ्नै डेढ वर्षीया भतिजी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार, सालिग्रामलाई घटनास्थलबाटै ब्लेडसहित नियन्त्रणमा लिइएको छ। प्रहरी प्रारम्भिक अनुसन्धानले उनलाई मानसिक समस्या रहेको र डिप्रेसनको औषधि सेवन गरिरहेको पुष्टि गरेको छ।

सालिग्राम केही वर्षअघि घरको छतबाट हाम्फाल्दा ढाड पनि भाँचिएको  थियो। मृतक बालिकाका बुबा नवराज लुइँटेल वैदेशिक रोजगारीमा छन्। घटनापछि बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएकाे छ। घटनाको थप अनुसन्धान जारी रहेकाे पनि इटहरी प्रहरीकाे भनाइ छ ।  

प्रतिक्रिया

सम्बन्धित