झापामा डेंगीबाट शिक्षिकाको मृत्यु

झापा । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट एक शिक्षिकाको ज्यान गएको छ । हल्दीबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारका क्रममा बी एन्ड सी अस्पताल, बिर्तामोडमा निधन भएको हो ।

ती महिला ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकी थिइन् । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एन्ड सी अस्पताल लगिएको थियो । पारिवारिक स्रोतका अनुसारको उपचारका क्रममा वी एन्ड सीमै शुक्रबार निधन भएको हो । 

प्रतिक्रिया

सम्बन्धित