श्रीलंकाका स्पिनरलाई म्याच फिक्सिङको आरोप

काठमाडौँ  / श्रीलंकाका स्पिनर प्रवीन जयाविक्रमालाई म्याच फिक्सिङको आरोप लागेको छ ।

आइसीसीले अन्तर्राष्ट्रिय खेल र २०२१ मा श्रीलंका प्रिमियर लिगका क्रममा म्याच फिक्सिङको छानबिनको क्रममा सहयोग नगरेको भन्दै कारवाही गर्ने जनाएको छ ।

उनले म्याच फिक्सिङसँग छानबिनका क्रममा उनले म्यासेज डिलेट गरेको पाइएको र आइसीसीको एन्टी करप्सन युनिटसँग रिपोर्ट नगरेको बताइएको छ ।

आइसीसीले अगस्त ६, २०२४ देखि १४ दिनको समय दिएर प्रवीनलाई आइसीसीको एन्टी करप्सन युनिटमा रिपोर्ट गर्न र आफूमाथि लागेका आरोपको जवाफ दिन समय दिएको उल्लेख गरेको छ ।

२५ बर्षिय स्पिनरले श्रीलंकाका लागि १५ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आइसीसी, श्रीलंका क्रिकेट बोर्ड र श्रीलंका प्रिमियर लिग प्रवीनलाई यस प्रकरणमा एक्सन लिन सहमत भएको बताइएको छ ।

उनले श्रीलंकाका लागि पछिल्लो खेल २०२२ मा अस्ट्रेलियाविरुद्ध टी-२० खेल खेलेका थिए ।       

प्रतिक्रिया

सम्बन्धित