बंगलादेशमा भाग्दाभाग्दै घेरेर फिल्म निर्माताका बाबु-छोरालाई कुटीकुटी मारियो

एजेन्सी । हिंसाको आगोमा जलिरहेको बंगलादेशमा फिल्म निर्माता सलिम खान र उनका छोरा शान्तो खानलाई भीडले घेरेर कुटीकुटी मारेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार सलिम भारतमा बंगाली सिनेमासँग पनि जोडिएका थिए। उनले टलिउड (पश्चिम बंगाल सिनेमा) का ठूला फिल्मस्टारमध्येका एक अभिनेता देवसँग फिल्म ‘कमान्डो’ बनाएका थिए, जुन कहिल्यै रिलिज भएन। 

बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको जीवनीबाट प्रेरित बंगलादेशी फिल्म ‘तुंगीपारर मियाँ भाइ’ पनि सलीमले निर्देशन गरेका थिए।

ज्यान जोगाउन गोलीसमेत चलाए
रिपोर्टका अनुसार सोमबार ५ अगस्टमा सलिम र शान्तो घरबाट भाग्न खोजिरहेका थिए। त्यही बेला फराक्काबाद बजारमा उनीहरूका अगाडि क्रोधित भीड आयो।

उनीहरूले आफूलाई बचाउन आफ्नो पेस्तोलबाट गोली पनि हाने तर नजिकैको बगरा बजारमा भीडले घेरेको थियो। त्यसपछि आक्रोशित भीडले सलिम र उनका छोरा शान्तोलाई कुटीकुटी मारे। देव र बोनी सेनगुप्ता लगायत कोलकाता फिल्म उद्योगका धेरै कलाकारले सलिमको निधनमा शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित