ओलम्पिक फाइनलबाट निकालिएपछि विनेश फोगाटले लेखिन्–अलबिदा कुस्ती !

एजेन्सी । पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समूहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् ।

पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन् । विनेशले लेखेकी छन्, ‘आमा, कुस्तीले मलाई जित्यो, म हारें । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलविदा कुस्ती २००१–२०२४’ उनले अगाडि लेखेकी छन्, ‘म तपाईहरु सबैको सधै ऋणी रहनेछु । क्षमा ।’

उनलाई बुधबार ५० केजी समूहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल अयोग्य घोषित गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित