फेरि १४ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

इटहरी । सुनको मूल्य पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बुधबार फेरि १ हजार ४ सय रुपैयाँले सस्तो भएको हो। योसँगै बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। 

त्यसैगरी आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। चाँदी आज १ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३९० अमेरिकी डलर र चाँदी २७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित