सत्ताच्युत हसिनालाई अर्को झट्का : बेलायतले शरण नदिने

बेलायत । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारतबाट बेलायत (लण्डन) जाने अनुमान चलिरहेका बेला बेलायतले पनि हसिनालाई अर्को झट्का दिएको छ । बेलायतले हसिनालाई शरण दिन नसकिने जनाएको हो । 

बेलायत आएर शरण वा शरणार्थीको हैसियत माग्नेलाई त्यहाँको कानुनले यात्राको अनुमति नदिने बेलायतको गृह मन्त्रालयले बताएको छ । सोमबार सरकार विरोधी उग्र प्रदर्शनबीच राजीनामा दिएकी हसिना अहिले भारतको दिल्लीमा आश्रय लिइरहेकी छिन् ।

शरण माग्न चाहनेले उ सबैभन्दा पहिला पुगेको देशमै शरणका लागि आवेदन दिनु पर्ने बेलायत सरकारले भनेको छ । ‘आवश्यकता परेकालाई शरण दिएको बेलायतको रेकर्ड छ । तर, शरण खोज्दै आउने वा अस्थायी रूपमा शरणार्थी बन्नकै लागि आउनेलाई यात्राको अनुमति दिने कुनै प्रावधान छैन,’ गृह मन्त्रालयको प्रवक्ताले भनेका छन् । अन्तर्राष्ट्रिय सुरक्षा चाहिने व्यक्तिले आफू पुगेको पहिलो सुरक्षित देशमै शरण माग्नु पर्ने प्रवक्ताको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित